घटना विशेषलाई लिएर सरुवा तथा बढुवा सम्बन्धी विधेयक ल्याउन हुँदैनः मन्त्री त्रिपाठी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले घटना विशेषलाई लिएर सरुवा तथा बढुवा गर्ने गरी विधेयक ल्याउन नहुने बताउनुभएको छ ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि सोमबार राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल गर्दै मन्त्री त्रिपाठीले घटना वा विशेषलाई समावेस गरी विधेयक ल्याउन नहुने बताउनुभएको हो । उहाँले घटना विशेषलाई विधेयकमा राख्दा न्यायोचित व्यवस्था हुन नसक्ने बताउनुभएको हो ।

मन्त्री त्रिपाठीले नयाँ विधेयकमा अहिले प्रचलनमा रहेको कर्मचारी समायोजन विधेयकलाई प्रतिस्थापन गर्ने व्यवस्था गरिनुपर्नेमा समेत जोड दिनुभयो । उहाँले यो विधेयक नहुँदा अहिले पनि १ सय १० पालिकाहरुमा प्रशासकिय प्रमुख नियुक्त गर्न कठिनाई भएको उल्लेख गर्दै विधेयक दिर्घकालिन सोच सहित आउनुपर्ने बताउनुभयो ।

उहाँले विधेयकमा सामुहिक राजिनामा आउने अवस्थाको अन्त्य हुनुपर्ने गरी व्यवस्था गर्नुपर्ने समेत बताउनुभयो । उहाँले सामुहिक राजिनामा विरोधका लागि मात्र आउने भएकाले त्यसलाई स्विकृत गरियो भने अवस्था गम्भिर हुने तर्फ समेत सोच्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?