प्रदेश ३ सरकारको प्रशंसा योग्य कदम: स्वर्ण जित्ने खेलाडीले १ लाख पाउने

काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाइ प्रदेश ३ सरकारले खेलाडीहरुलाइ सम्मान गर्ने भएको छ । प्रदेश ३ सरकारले नगदसहित सम्मान गर्ने घोषणा गरेको हो । प्रदेश ३ सरकारको बैठकले आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जस अनुसार प्रदेश ३ बाट सागमा सहभागी भइ स्वर्ण पदक जित्ने खेलाडीहरुलाई १ लाख रुपैयाँ दिने घोषण गरेको छ। साथै रजत जित्नेलाई ५० हजार रुपैयाँ तथा कास्य पदक हाँसिल गर्नेलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान र प्रोत्साहन गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?