पुरुष बक्सिङ: भुपेन्द्रको पोल्टामा स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत नेपाल बक्सिङमा दोस्रो स्वर्ण पदक जित्न सफल भएको छ।

६४ केजी तौल समूहबाट भुपेन्द्र थापाले स्वर्ण पदक जित्नुभएको हो । थापाले भारतीय खेलाडी मनिष कौशिकलाई पराजित गर्नुभएको थियो ।

साथै महिलातर्फबाट बक्सिङमा मिनु गुरुङले पनि स्वर्ण पदक जित्न सफल हुनुभएको छ । यसका साथसाथै १३ औं सागमा नेपालले जितेको स्वर्ण पदकको संख्या ४७ पुगेको छ ।

साथै थापाले आफूले जितेको स्वर्ण पदक आमालाई समर्पण गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?