चलचित्र ‘लाल सिंह चड्ढा’मा आमिरको यस्तो लुक्स सार्वजनिक

काठमाडौं । बलिउडका चर्चित अभिनेता आमिर खान नयाँ फिल्मका लागि सुटिङमा व्यस्त रहनुभएको छ। दशर्कका लागि नयाँ नयाँ फिल्मी स्वाद चखाँउदै आएनुभएका खानले अहिलेको फिल्म कस्तो आउने भन्ने कुरा सबै दर्शकका लागि कौतुहलताको विषय बनेको छ । चलचित्र ‘लाल सिंह चड्ढा’को सेटबाट आमिरको नयाँ लुक्स समेत सार्वजनिक भएको छ ।

उक्त तस्विरहरु अफिसियल रुपमा नभएर आमिरको फ्यान पेजबाट सुटिङको दौरान खिचिएको तस्विरहरु सार्वजनिक भएका हुन्। सार्वजनिक भएका तस्विरमा खान खुल्ला लामो कपाल र लामो दारीमा देखिनुभएको छ ।

केही साता अघि मात्र आमिरले फिल्म ‘लाल सिंह चड्ढा’को सेटबाटै पहिलो लुक्स सेयर गर्नुभएको थियो । खानले सेयर गरेको तस्विर र उहाँका फ्यानहरुले सेयर गरेको तस्विरमा खानको लुक्स फरक फरक लुक्समा देखिएको पाइएको छ ।

खानले यसअघि आफ्नो ‘सरदार लुक्स’ सार्वजनिक गर्नुभएको थियो । अभिनेता खानको उक्त फ्यानहरुले निकै रुचाउनुभएको थियो । लाल सिंह चड्ढामा खान ५४ वर्षीय वृद्धको भूमिकामा प्रस्तुत हुँर्द हुनुहुन्छ  । उहाँकाे ‘ठग्स अफ हिन्दुस्तान’ चलचित्र फ्लप भएसँगै खान कुनै फिल्ममा देखिनुभएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?