६० हजार हेक्टर भूमि फिर्ता देउ भन्दै मोदीलाई गयो यस्तो चिठ्ठि, नेमकिपा भन्छ, फिर्ता नगरेर सुख ?

काठमाडौं । नेपाल मजदूर किसान पार्टी (नेमकिपा)ले नेपालको भूमि फिर्ता गर्न माग गर्दे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएको छ । नेमकिपाले भारतले भर्खरै सार्वजनीक गरेको नक्सा खारेज गर्न पत्रमा माग गरेको छ ।

पार्टीका सचिव प्रेम सुवालद्वारा हस्ताक्षरित पत्र भारतीय दुतावासमा बुझाइएको छ । पत्र बुझाउनु अगाडि नेमकिपाले भातीय दुतावास अगाडि प्रदर्शनसमेत गरेको छ ।

पत्रमा भारत सरकारले नेपाली भू–भाग लिम्पियाधुरा, कालापानी, लिपुलेकसमेत आफ्नो नक्सामा गाभेर विसं २०७६ कार्तिक १५ गते तद्नुसार सन् २०१९ नोभेम्बर १ मा नयाँ नक्सा जारी गरेकोप्रति नेमकिपाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकसमेत भारतमा गाभेर तयार गरिएको नयाँ नक्सा अविलम्ब खारेज गर्न नेपाली जनताको तर्फबाट हामी भारत सरकारलाई हार्दिक आग्रह गर्दछौँ पत्रमा भनिएको छ ।

नेपालका ७२ स्थान भन्दा बढी ठाँउमा ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि भारतले मिचेको नेमकिपाले पत्रमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?