भ्रष्टाचार विरुद्ध सांसदहरुको सातौँ विश्व सम्मेलन कतारमा

काठमाडौं । अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसको अवसर पारेर भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठनको सातौँ विश्व सम्मेलन कतारको दोहामा भइरहेको छ । सो सम्मेलनमा विभिन्न राष्ट्रहरुले भ्रष्टाचारविरुद्ध अवलम्बन गरेका नीति, कानुन र कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुनेछ ।

सो सम्मेलनमा नेपाली कांग्रेसका नेता एंव पूर्व वाणिज्यमन्त्री रोमी गौचन थकाली सहभागि भएका छन् । नेता थकाली सो संगठनको बोर्ड सदस्यका रुपमा सम्मेलनमा सहभागि भएका हुन् । नेता थकालीका अनुसार सम्मेलनमा सहभागि सदस्यहरुले आ–आफ्नो देशले अबलम्बन गरेका भ्रष्टाचार विरुद्धका नीति कानुन तथा कार्यान्वयनको अवस्थाका बारेमा छलफल गर्नुका साथै अनुभव आदानप्रदान हुनेछ ।

विश्वभरका ६२ राष्ट्रका प्रतिनीधिहरु सहभागि भएको सम्मेलन २ भोली मंगलवारसम्म चल्ने सम्मेलनमा सहभागि नेता गौचनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?