बक्सिङमा नेपालकी मिनुलाई स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालले स्वर्ण पदकहात पारेको छ ।

सातदोबाटोस्थित कराते हलमा सोमबार नेपालकी मिनु गुरुङले स्वर्ण हात पारेकी हुन् । महिला ४३ केजीमा नेपालकी मिनुले भारतकी शिक्षालाई हराएर स्वर्ण हात पारेकी हुन् ।

महिला ४८ केजीमा ललिता महर्जन भारतकी श्रीनिभासन कालाईभानिसँग अंकको आधारमा पराजित हुँदै रजतमा सिमित भईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?