अस्थायी मुकाम र प्रमुख मनपरी ताेकिए

काठमाडौं, ४ माघ- लामो रस्साकस्सीपछि सरकारले प्रदेशको अस्थायी मुकाम तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी मुकाम निर्धारण गर्दै सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । राष्ट्रपतिले नियुक्ति गरेपछि मात्रै प्रदेश प्रमुखहरूले आफ्नो जिम्मेवारी वहन गर्न पाउनेछन् सरकारले प्रदेशको कार्य सञ्चालन गर्ने मुकाम तोक्न नसक्दा प्रदेशमा कुनै पनि संरचना निर्माण हुन सकेको छैन भने प्रदेश प्रमुख नियुक्त गर्न नसक्दा निर्वाचन आयोगले प्रदेशसभा निर्वाचन परिणाम बुझाउन पाएको छैन, अन्नपूर्ण पोस्टमा खबर छ सरकारले आफैंले बनाएको मापदण्डविपरीत राजनीतिक दलमा प्रत्यक्ष रूपमा संलग्न भएका व्यक्तिलाई प्रदेश प्रमुख बनाएको छ । प्रदेश प्रमुख नियुक्ति हेर्दा सरकारले प्रदेश प्रमुखको योग्यता सम्बन्धमा बनाएको प्रदेश प्रमुखसम्बन्धी ऐन, २०७४ विपरीत प्रदेश प्रमुख नियुक्ति गरेको पाइएको छ । ऐनमा प्रदेश प्रमुखमा नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको व्यक्तिलाई प्रदेश प्रमुख नियुक्ति गर्नुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?