हेटौंडामा टाटा मोटर्सको थ्रीएस वर्कशप सञ्चालन

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालीले हेटौँडामा थ्रीएस वर्कशप संचालन गरेको छ । सिप्रदी ट्रेडिङ प्राली नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक हो ।

हेटौँडाको बसामाडीमा सञ्चालनमा ल्याइएको उक्त वर्कसपको उत्घाटन सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबरा साथै टाटा मोटर्सको कमर्सियल भेइकलका प्रमुख गिरिश वागले संयुक्त रूपमा गर्नुभएको हो ।

उक्त उत्घाटन समारोहमा टाटा मोटर्सको कमर्सियल भेइकल अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्रा, सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, सिप्रदी कम्पनीजका प्रमुख कार्यसंचालन अधिकृत राजेशप्रसाद गिरी, सिप्रदी कम्पनीका उपाध्यक्षसौरभराज थपलियाका साथै सिप्रदीका कर्मचारीहरू र ग्राहकहरूको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै टाटा मोटर्सको कमर्सियल भेइकलका प्रमुख गिरिश वागले टाटा मोटर्सले बिक्री पछिको सेवा (आफ्टर सेल्स सर्भिस) लाई ठूलो प्राथमिकता दिने जनाउँदै सर्भिस सेन्टर संजाल थप बिस्तार गरिएको प्रति खुसी समेत व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?