साग महिला फुटबल : भारतविरुद्वको खेलमा सावित्रा एक्लो फरवार्ड

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को महिला फुटबलको फाईनलमा नेपाल र भारत भिड्दै छन् ।

मुख्य प्रशिक्षक हरी खड्काले भारतविरुद्व खेल्ने सुरुवाती प्लेईङ सेटको घोषणा गरेका छन् ।

प्रशिक्षक खड्काले भारतविरुद्व एक्लो फरवार्डको रुपमा सावित्रा भण्डारीलाई खेलाउने भएका छन् । उनले बलियो प्रतिद्वन्दी भारतविरुद्व एकमात्र फरवार्डलाई समावेश गरेका छन् ।

भारतविरुद्वको प्लेईङ सेटमा डिफेन्डरमा अमृता जैशी, हिराकुमारी भुजेल, गीता राना र पुनम जर्घामगर रहेका छन् ।त्यस्तै, मिडफिल्डरमा कप्तान रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, विमला चौधरी र दिपा राई रहेका छन् ।

फरवार्डमा सावित्रालाई समावेश गर्दै गोलकिपरको जिम्मेवारी एन्जिला तुम्बाप्पोलाई दिएका छन् । नेपालले सागको स्वर्ण पदकका लागि केहि बेरमा भारतसंग खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?