साग महिला फुटबल : नेपाल र भारत भिड्दै, जितको खोजीमा नेपाल

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलमा नेपाल र भारत आज स्वर्णको लागि भिड्दैछन् ।

पोखरा रंगशालामा खेल दिउँसो २ बजेबाट सुरु भएको हो ।

राउण्ड रोबिन लिगका आधारमा शीर्ष दुई टिम फाईनल चरण प्रवेश गरेका हुन् । भारत लिग विजेता र नेपाल उपविजेताको रुपमा उपाधि भिडन्त पक्का गरेका हुन् ।

दक्षिण एसियाली महिला फुटबलमा भारत सधै नेपालको कडा प्रतिद्वन्दी रहेको छ। लिग चरणको खेलमा समेत भारतले नेपाललाई १-० ले हराएको थियो ।

अधिकांश समय भारतविरुद्व हावी देखिएपनि नेपालले गोल गर्न भने सकेन । फाईनल खेलमा नेपाल सोही कमजोरी सुधार गर्दै स्वर्ण जित्ने दाउमा छ ।

नेपाल सागको महिला फुटबलमा सधै रजत पदकमा सिमित हुँदै आएको छ । सागमा स्वर्णको लक्ष्य सहित नेपाली महिला टिमले निरन्तर प्रशिक्षण गर्दै आएको थियो ।

पोखरा रंगशालामा घरेलु दर्शकका लागि साक्षी राखेर पहिलो ऐतिहासिक उपलब्धि हासिल गर्ने लक्ष्यमा नेपाल हुनेछ ।

नेपालले लिग चरणको पहिलो खेलमा श्रीलंकालाई ६-० ले हराएको थियो ।

दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३(० ले हराएको थियो । यस्तै लिग चरणको अन्तिम खेलमा भारतसंग १-० ले पराजित भएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?