१३ औं साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ ।

आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ ।

नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ । यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।

नेपालले आइतबार पौडी र जुडोमा एक एक स्वर्ण पदक जितेको हो । पौडीमा गौरिका सिंहले ४०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् । यस्तै जुडोमा देविका खड्काले ५२ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् ।

साग पदक तालिका :

देश           स्वर्ण कास्य रजत जम्मा
भारत :         १३१   ७७   ४०   २४८
नेपाल  :         ४५   ४४   ७५   १६४
श्रीलङ्का  :       ३४   ६६   ९३    १९३
पाकिस्तान  :   २८   ३४   ४३    १०५
बङ्गलादेश  :    ८     २८  ६६    १०२
माल्दिभ्स  :      १      ०    २      ३
भूटान    :         ०      ०    ९    ९

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?