होमस्टेमा आगलागी, २६ लाखको क्षती

काठमाडौं । ईलामको सुर्योदय नगरपालिका–५ अन्तुडाँडा स्थित एक होमस्टेमा आगलागी भएको छ । बिधुत सट भएर आगलागी हुँदा २६ लाखको क्षती भएको छ ।

आज विहान करीव १० बजेको समयमा आगलागी भएको प्रहरीले जनाएको छ । मानबिर तामाङको सञ्चालन गरीरहनुभएको दुईतल्ले काठ, सिमेन्ट र टिनको छानोले बनाएको फ्याफुल्ला होमस्टेमा आगलागी भएको प्रहरीको भनाई छ ।

आगोलागीबाट घर भित्र रहेको चार तोला सुनका गरगहना, नगद रुपैया पाँचलाख तथा सम्पुर्ण जिन्सी सामानहरु पुर्ण रुपमा जलेको बताइएको छ । स्थानीय र प्रहरीले करीव ४५ मिनेटपछि आगो नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?