विश्वकै महंगो जेल, जहाँ एक कैदीको लागि अर्बौ खर्च गरिन्छ

काठमाडौं । मानिसले गरेका गल्तिको सजाय स्वरुप कारागार अर्थात जेलमा राख्ने गरिन्छ । जेल भन्ने वित्तिकै मानिसहरुमा सजाय एवं यातना भन्ने कुरा दिमागमा आउने गर्दछ । तर सजाय भोगिरहेको मानिसको पनि व्यक्तिगत जीन्दगी हुन्छ। जुनसुकै सजाय भोगेपनि सम्बन्धित देशको सरकारले कैदीहरुको न्युनतम बाच्नका लागी खर्च गरेको हुन्छ।

कैदीहरुका लागी सुविधाको रुपमा खाना , बासस्थान तथा औषधी उपचार लगाएत अन्य जीवन रक्षका लागी सुविधा उपलब्ध गराउने गर्दछ। र सजाय भोग्दै गरेको कैदीका लागी त्यति कुरा नै प्रयाप्त मानिन्छ। तर क्युवाको एक जेल जहाँ कैदीका लागी यो भन्दा बढि नै सुबिधा उपलब्ध गरिएको छ। जसलाइ संसारकै महंगो जेलको रुपमा चिनिन्छ। जहाँ सजाय भोगिरहेका कैदीको लागी पनि वार्षिक अर्बौ रुपैयाँ खर्च गर्ने गरिएको गरिन्छ ।

प्रत्येक कैदीका लागि वार्षिक १ अर्ब ४८करोड रुपैयाँ खर्च गरीने उक्त  जेलको नाम ग्वान्टानामो हो। समाचार एजेन्सीहरुले बताए अनुसार त्याँ जम्मा ४० जना कैदी मात्र रहेका छन् ।

उक्त जेलमा विश्वमै खतरानाक मानिएका कैदीहरुलाइ मात्र राखिने गरिन्छ । समाचार एजेन्सिहरुले बताए अनुसार उक्त जेलमा जेलमा १ हजार ८०० सैनिक तैनाथ रहेका छन् । एक कैदीका लागि करिब ४५ सैनिक नियुक्त गरिएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?