काठमाडौं, ४ माघ -चालु आवको पहिलो पाँच महिनामा अर्थतन्त्रका अधिकांश सूचकांक नकारात्मक भएका छन्। राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थितिले अर्थतन्त्र थप संकटउन्मुख रहेको देखाएको छपूर्वअर्थ सचिव डा.शान्तराज सुवेदी अहिलेका आर्थिक सूचांकले अर्थतन्त्र चुनौती उन्मुख भएको देखाएको बताए। उनले भने, ‘अहिले आत्तिनुपर्ने अवस्था भने छैन। यसका लागि अर्थतन्त्रको यो प्रवृत्तिलाई परिवर्तन गर्नु जरुरी छ। बाटो बिराउन थालेको अर्थतन्त्रलाई ठीक ठाउँमा ल्याउन ढिला भइसक्यो।’चालु आवको पहिलो पाँच महिनामा रेमिट्यान्स आप्रवाहमा आएको शिथिलता र चुलिँदै गएको व्यापार घाटाका कारण देशको शोधनान्तर घाटामा गएको छ। चालु आवको मंसिर मसान्तसम्म नौ अर्ब २७ करोड रुपैयाँ शोधनान्तर घाटा छकात्तिकसम्म दुई अर्ब ४० करोड बचत रहेको देशको शोधनान्तर पाँचौं महिनामा घाटामा गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। गत आवको पहिलो पाँच महिनामा देश २८ अर्ब ७८ करोड शोधनान्तर बचतमा थियो। शोधनान्तर घाटाले देशको वाह्य अवस्था कमजोर छ भन्ने संकेत गर्छ, अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया