अस्पतालको १० लाख तिर्न नसक्दा …

भरतपुर, ४ माघ – चितवन मेडिकल कलेजको अर्थोपेडिक वार्डको एक नम्बर बेडमा चन्द्रपुर ५ की २८ वर्षीया सरिता राई टोलाइरहेकी थिइन् । आँखामा आँसु थियो । साथमा रहेका घाइते छोरा जयविक निद्रामा थिए । ब्युँझिएपछि उनले प्रश्न गरे, ‘आमा, हामी कतिन्जेल अस्पताल बस्ने ?’ सरितासँग यसको जवाफ थिएन । छोराको उपचारमा लागेको १० लाख रुपैयाँभन्दा बढी खर्च चुक्ता गर्न नसक्दा उनीहरू ‘डिस्चार्ज’ भएर घर फर्कन सकेका छैनन् आजको कान्तिपुरमा खबर छ -गत मंसिर २ गते दिउँसो चुनावी सभामा भाग लिने क्रममा बम विस्फोटबाट आमाछोरा दुवै गम्भीर घाइते भएका थिए । दुई महिना लामो उपचारपछि स्वास्थ्य अवस्था त ठीक भयो तर उनीहरू दुवै अवलाङ्ग भए प्रतिनिधिसभा निर्वाचनको चुनावी प्रचारका क्रममा चन्द्रपुरको कृष्णमन्दिर छेउमा सभामा भाग लिन सरिता घरबाट छोरा लिएर आएकी थिइन् सभा सकिएर फर्कने क्रममा नजिकै बाटोमुनि राखिएको बम विस्फोट हुँदा उनीहरूसहित १२ जना घाइते भएका थिए सरिताको देब्रे खुट्टा गुम्यो, छोराको पहिलेदेखि देब्रे हात थिएन, अहिले दुवै खुट्टामा गहिरो चोट छ । बमको छर्रा लागेकाले सरिता देब्रे आँखासमेत राम्ररी देख्दिनन् मजदुरी गरेर जीविका चलाउँदै आएको राई परिवारको दुई महिनादेखि अस्पतालमा बास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?