२०७६, २३ मंसिर सोमबार ११:२९

निरन्तर घट्दै सुनको मुल्य, हेर्नुहोस् आजको बजारभाउ


प्रकाशित मिति : २०७६, २३ मंसिर सोमबार ११:२९

तस्वीरःगूगल

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मुल्यमा गिरावट आएको छ । आइतवार प्रतितोला छापावाला सुनको मुल्य ७१ हजार २ सय रहेको थियो । तर आज तोलामा २ सयले कमि आइ प्रतितोला सुनको मुल्य ७१ हजारमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य ७० हजार ७ सय रहेको छ ।

सोमबार चाँदीको मुल्यमा पनि ५ रुपैयाँले गिरावट आएको छ। आइतबार प्रतितोला चाँदीको मुल्य ८ सय ४० रहेको थियो । तर आज मुल्यमा कमि आइ ८ सय ३५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस