२३ मंसिर २०७६, सोमबार ०९:०८

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले ठूलो संख्यामा कर्मचारी माग्यो (सूचनासहित)


प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार ०९:०८

काठमाडौं । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले कर्मचारी मागेको छ ।

गृह मन्त्रालय अन्तर्गतको बिभागले ६ सय भन्दा बढी कर्मचारी आवश्यक भएको जनाउँदै आज आवेदन आह्वान गरेको छ । बिभागले आज सूचना प्रकाशित गर्दै बिभिन्न ६ जिल्लामा गरी ६०० कर्मचारी माग गरेको हो ।

विभागले राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रमअन्तर्गत घुम्ती सेवा सञ्चालनका लागि भन्दै सो संख्यामा कर्मचारी माग गरेको छ ।

विभागले झापामा १६४, ललितपुरमा ११७, कञ्चनपुरमा ९१, संखुवासभामा ४०, गुल्मीमा ७१ र चितवनमा ११७ जना कर्मचारीको माग गरेको छ । दरखास्त दिन चाहने इच्छुक उम्मेदवारले सम्बन्धित जिल्लामा आवदेदन दिनसक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस