काठमाडौं । अमेरीकाले आपतकालीन उद्धारमा सघाउन नेपाली सेनालाई दुईवटा जहाज उपलब्ध गराइएको छ ।
अमेरिकाले वैदेशिक सैन्य सहायता कार्यक्रम (एफएमएफपी) अन्तर्गत आपतकालीन उद्धारमा सघाउन नेपाली सेनालाई दुईवटा जहाज उपलब्ध गराइएको हो।
उक्त दुईवटा स्काइ ट्रक भारत हुँदै आइतबार राति साढे दुई बजे काठमाडौं विमानस्थलमा अवतरण गरेको जानकारी सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।
विपद् व्यवस्थापन, आपतकालीन उद्धार तथा राहत सामग्रीको ओसारपसारका लागि यी जहाजको प्रयोग हुनेछ। दुवै जहाजको औपचारिक हस्तानान्तरण पुस २ गते हुनेछ।
जहाज १८ यात्रु वा २३ सय किलो समान बोक्ने क्षमताका छ । उक्त दुईवटा स्काइ ट्रक समान ढुवानी र सुरक्षाकर्मीको खटनका लागि प्रयोग हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया