लक्ष्मी बैंकको १२० औँ शाखा काकडभिट्टामा

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा १२० औँ शाखाको रुपमा झापाको काँकडभिट्टामा सञ्चालनमा ल्याएको छ । बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएसँगै ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य लिएको बैंकले जनाएको छ ।

बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

बैंकले संजाल बिस्तार गर्ने क्रममा ४८ जिल्लामा सेवा विस्तार गरिसकेको छ । बैंकको मुलुकभर १२० शाखा कार्यालय, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्गएजेन्टहरु मार्फत सेवा दिइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?