१६ असार २०७९, बिहीवार

पार्टी विधानअनुसार चल्न नसक्दा पराजय भोग्नुपर्यो : केसी

२०७४,माघ,३,बुधबार २१:३७

9
Shares

धादिङ, ३ माघ – नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी विधानअनुुसार चल्न नसक्दा पराजय भोग्नुपरेको बताएका छन् नेपाल विद्यार्थी संघ प्रदेश नं ३ ले आज धादिङवेसीमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले पार्टी सामूहिक नेतृत्वमा चल्न नसक्दा स्थानीय, प्रदेश र प्रतिनिधिसभामा पराजय भोग्नुपरेको बताए लामो इतिहास बोकेको पार्टीलाई गुटगत राजनीतिभन्दा बाहिर लैजान युवा वर्ग जागरुक हुनुपर्ने उनले बताए काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले कमजोर नेतृत्वका कारण पार्टीले निर्वाचनमा पराजय भोग्नुपरेको बताए । “काँग्रेसले गुटउपगुट र भागवण्डा छाड्नुपर्छ, उमेर पुगेका नेताहरू संरक्षक भएर बस्नुको विकल्प छैन” – नेता भण्डारीले भने नेका नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले काँग्रेसले पार्टी विधानलाई टेकेर संगठन निर्माणमा लाग्नुको विकल्प नरहेको उल्लेख गरे नेका धादिङका पूर्व सभापति रामनाथ अधिकारी, नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्ले, नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीलगायतले पार्टीलाई सशक्त बनाउन नेविसंघबाट अभियान थाल्नुपर्ने बताए ।

प्रकाशित मिति: २०७४,माघ,३,बुधबार २१:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद भंग गर्ने कार्यले गैरदलीय प्रवृत्ति अगाडि आएको बताएका

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत मान्छे सामेल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू अहिले मुलुकलाई समृद्ध बनाउने अभियानमा लागेको बताएका छन् । आज ६४औँ संसद दिवसको अवसरमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटघाट भएको छ ।

ताजा समाचार

मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत
 २०७९,असार,१६,बिहीवार १३:५१