सिमा विवाद : मोदीले कुरा गर्न ‘रिजेक्ट’ गरिदिए प्रधानमन्त्री ओलीका दुत

काठमाडौँ । सीमा विवादबारे कुरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष दूतका रुपमा भारत जान लागेका नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न भारतीय पक्षले अस्वीकार गरेको छ।

स्रोतलाई उद्रृत गर्दै दि प्रिन्टले विशेष दूत नेपाललाई मोदी सरकारले भेट्न अस्वीकार गरेको उल्लेख गरेको छ। कालापानीको विवादास्पद विषयमा छलफल गर्न सरकारले पूर्व प्रधानमन्त्री नेपाललाई विशेष दूतका रुपमा पठाउने तयारी गरेको थियो। यद्यपि मितिबारे यकिन भएको थिएन।

तर, उक्त समाचारमा डिसेम्बर ४–५ मा नै भ्रमणको तयारी भए पनि भेट अस्वीकार भएपछि रोकिएको दाबी गरिएको छ।

पछिल्लो समय भारतले जारी गरेको नक्सामा नेपाली भूभाग समेटिएको भन्दै विरोध भइरहेको छ। नेपाली भूभाग लिम्पियाधुरा तथा कालापानी समेत समेटिएको नक्सा प्रकाशनमा आएको हो। भारतीय पक्षले नक्सा पुरानै भएको दाबी गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?