काठमाडौं । निर्माणमा ढिलाइ भएको भन्दै चाबहिल–साँखु सडकखण्डका स्थानीय आन्दोलित बनेका छन् । आवागम समस्या भएको भन्दै आइतबार सर्वसाधारणले थलीमा टायर बालेर प्रदर्शन गरेको हुन् ।
सरकारसँग भएको लिखित सहमति अनुसार सडक कालोपत्रे नभएको भन्दै स्थानीयबासिन्दाले यसअघि पनि प्रदर्शन गरेका थिए । चाबहिलदेखि साँखुसम्मको कूल लम्बाइ ११.४६ किलोमिटर छ । उक्त खण्डमा थोरै मात्र कालोपत्रे गरिएको छ ।
काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले यो खण्ड २२ मिटर चौडा चार लेनको सडक बनाउन विसं २०७२ ठेक्का दिएको थियो ।
यस अघि मुआब्जा विवादका कारण सडक विस्तारको काम केही समय प्रभावित भएको थियो। सरकारले उपलब्ध सडक सीमामै कालोपत्रे गर्ने निर्णय गरेपछि पनि कामले अझै गति लिन नसकेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया