तोलामा ५ सयले घट्यो सुन, कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुन तथा चाँदीको मुल्यमा गिरावट आएको छ । शुक्रबार प्रतितोला छापावाला सुनको मुल्य ७१ हजार ७ सय रहेको थियो । आज तोलामा ५ सयले कमि आइ प्रतितोला सुन ७१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य ७० हजार ९ सय रहेको छ ।

साथै आज चाँदीको मुल्यमा पनि १० रुपैयाँले कमि आएको छ । शुक्रबार प्रतितोला चाँदीको मुल्य ८ सय ५० रहेकोमा आज मुल्यमा कमि आइ प्रतितोला चाँदी ८ सय ४० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?