द भ्वाइस अफ नेपाल सिजन २ का विजेता बने राम लिम्बु

काठमाडौं – चर्चित रियालिटी सो द भ्याइस अफ नेपाल सिजन २ को उपाधि राम लिम्बुले जितेका छन्।
शनिवार भएको भव्य ग्राण्ड फिनालेमा टीम प्रमोदका प्रतिस्पर्धी उनी दर्शकको भोटका आधारमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएका हुन् ।

दोस्रो भ्वाइस अफ नेपाल बनेका लिम्बुले नगद १२ लाख र गाडी जितेका छन् । साथै उनले एक म्युजिक एल्बममा गीत गाउने मौका समेत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?