पौडीको तेस्रो दिन सबै स्वर्ण भारतलाई

सात स्वर्णका लागि प्रतिस्पर्धा भएको दिन शनिबार भारतले सातै स्पर्धामा स्वर्ण पदक जितेको छ ।

ललितपुर स्थित सातदोबाटोको हिटिङ पौडि पोखरमा शनिबार सात स्वर्ण पदक हात पार्दौ समग्र पौडिमा सर्वाधिक १६ स्वर्ण पदक जित्न सफल भएको छ । १ सय मिटर सर्ट कोर्सको ब्याक स्ट्रोकमा नेपालकी गौरिका सिंह स्वर्ण पदक जित्नबाट चुकिन् । शनिबार भएको प्रतिस्पर्धामा उनले निर्धारित दुरी १ मिनेट ०३.१५ सेकेण्डमा पूरा गरिन् । स्वर्णकी बलियो दावेदारका रुपमा हेरिएकी उनले रजत पदकमा चित्त बुझाउनु प¥यो । भारतकी मन्ना राजिव पटेलल१ मिनेट ०२.३५ सेकेण्ड समयमा दूरी पूरा गर्दै स्वर्ण जित्न सफल भएकी हुन् । सोही स्पर्धामा भारतकी रिधिमा भिरेन्द्रकुमारले कास्य पदक जित्न सफल भइन् । रजत पदक हात पारेकी गौरिका सिंहले नेपालगञ्जमा भएको ८औं राष्ट्रिय खेलकुदमा बनाएको १ मिनेट ७.२२ को किर्तिमानलाई सुधार गर्दा १ मिनेट ३.१५ को नयाँ किर्तिमान बनेको हो ।

यस्तै भारतलाई अर्को स्वर्ण पदक दिलाउनका लागि भारतकी रिचा शर्माले ५० मिटर महिला फ्रि–स्टाईलमा श्रीलंका र बंगलादेशलाई पछि पारिन् । श्रीलंकाकी रामुदि नुलाराले रजत पदक हात पार्दा सोही स्पर्धामा बंगलोशकी जुनायान अहमेदले कास्य पदक चित्त बुझाइन् । ४ सय मिटर पुरुष व्यक्तिगत मिड्लेमा भारतका श्रीधर शिभले स्वर्ण, बंगलादेशका जुवेल अहमेदले रजत र श्रीलंकाका रेभन भिनाथले कास्य पदक जिते । सोही स्पर्धामा नेपालका नासिर याहा हुसेन ७औं स्थानमा आए ।

यस्तै १ सय मिटर पुरुष ब्याक स्ट्रोकमा एलेक्स शाहले किर्तिमान रचे पनि समग्रामा छैठौं हुँदा भारतका श्रीहरि नटराजले दुई श्रीलंकन प्रतिस्पर्धीलाई पछि पारे । एलेक्ले ८ औं राष्ट्रिय खेलकुद नेपालगञ्जमा नाथन दोर्जे शेर्पाको किर्तिमानलाई भंग गरका हुन । एलेक्सले निर्धारित दुरी १ मिनेट २.१० सेकेन्डमा पूरा गर्दा नाथनले बनाएको १ मिनेट ०४.०६ सेकेन्डको किर्तिमानलाई भंग गरेका हुन् । १ सय मिटर व्याक स्ट्रोकमा दिमु पेरिसले रजत पदक जित्दा श्रीलंकाकै एस डे सिल्भाले कास्य पदकमा चित्त बुझाए । यस्तै ५० मिटर महिला ब्रेस्टस्ट्रोकमा भारतका चाहत एरोरा र जयभिना आर्कोट विजयकुमारले क्रमश स्वर्ण र रजत पदक हात पार्दा श्रीलंकाका रामुदिन नुलाराले कास्य पदक जितिन् । सोही स्पर्धामा चौथो भएकी नेपालकी ड्वाना लामाले २०१८ फिना वल्र्डकप सिंगापुरमा बनाएको आफ्नै किर्तिमानलाई सुधार गरिन । ड्वानलाई सिंगापुरमा ३५.८२ सेकेन्ड समय खर्चिएकी थिइन भने १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा ३५.४६ को नयाँ किर्तिमान बनाएकी हुन् ।

यस्तै ५० मिटर पुरुष बे्रस्ट स्ट्रोकमा भारतका लिकिथ सेल्भराज प्रेमाले स्वर्ण पदक जिते । सोही स्पर्धामा बंगलोशका महम्मद आरिफुल इस्लामले रजत र श्रीलंकाका किरन मिलिंका जयसिहले कास्य जिते । महिला ५० मिटर फ्रि–स्टाईलमा पनि भारतले नै स्वर्ण पदक जित्दा श्रीलंकाले रजत र कास्य पदक हात पा¥यो । श्रीलंकाकी भक्ति अशिनसाले रजत र सन्दु साभिन्दीले कास्य पदकमा चित्त बुझाइन् ।

आइतबार ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । पौडि स्पर्धामा शनिबार तेस्रो दिनको खेल सकिदा भारत सर्वाधि १६ स्वर्ण, १२ रजत र २ रजतका सात पौडि तालिकामा कुल ३० पदकका साथ शीर्ष स्थानमा छ । यस्तै ४ स्वर्ण जितेको श्रीलंका ६ रजत र १३ कास्य गरी कुल २३ पदकका साथ तालिकाको दोस्रो, २ स्वर्ण, २ रजत र १ कास्य जितेको नेपाल कुल ५ पदकका साथ तालिकाको तेस्रो तथा २ रजत र ६ कास्य जितेको बंगलादेश कुल ८ पदकका साथ तालिकाको चौथो स्थानमा छन् । माल्दिभ्स र पाकिस्तानलाई तेस्रो दिनको समाप्ति सम्म कुनै पदक हात लागेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?