१३ औं साग : कुस्तीमा संगीता धामीलाई स्वर्ण

जनकपुर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण पदक हात पारेकी छिन् ।

जनकपुरस्थित हबर्ड हलमा शनिबार भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा नेपालकी संगीता धामीले स्वर्ण जितेकी हुन्।

योसँगै सागमा नेपालको स्वर्ण संख्या ४३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?