कुस्तीको उद्‌घाटनमा नपड्केर फालेको पटका पड्काउंदा बालक घाइते

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरधामस्थित कभर्ड हल नजिकै भएको पटाका पड्कदा एक बालक घाइते भएका छन् ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ का ११ वर्षीय बालक आलोक राउत पटाका पड्केर सख्त घाइते भएका हुन् । जनकपुरमा १३ औ साग अर्न्तगत शुक्रबार राति कुस्तीको उद्‌घाटन खेलमा अतिसबाजीको क्रममा आयोजकले पटाका पड्काएका थिए ।

त्यस मध्ये नपड्केका पटाका राउतले घरमा लगेर ग्याँस चुलोमा पटाका सल्काउँदा विस्फोट भएर राउत घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घाइते राउतको जनकपुर प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। घाइते राउतको पेट र हातमा चोट लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?