किन विवादमा आइन समाजसेवी अनुराधा कोइराला !

काठमाडौं, ३ माघ । सरकारले प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय लिइनसक्दै समाजसेवी अनुराधा कोइराला विवादमा तानिएकी छन् शेरबहादुर देउवा नेतृत्वको सरकारले माइती नेपालकी अध्यक्षसमेत रहेकी कोइरालालाई प्रदेश नम्बर ३ को प्रमुखमा प्रस्ताव गरेपछि विवादमा तानिएकी हुन् सात प्रदेशमध्ये प्रदेश तीनकी प्रमुखका रुपमा नियुक्ति गर्ने सरकारका तयारीबीच उनीमाथि अङ्गीकृत नागरिक भएको आरोप लागेको हो । उनको माइती दार्जीलिङ भएको भन्दै नेपाल आएपछि अङ्गीकृत नागरिकता लिएको व्यक्तिलाई प्रदेश प्रमुख जस्तो उच्च तहको जिम्मेवारी दिन नहुने आवाज उठेको हो मन्त्रिपरिषद्ले कोइरालालाई प्रदेश नम्बर ३ को प्रमुख तोकिनस्कदै उनीबारेको विवाद सामाजिक सञ्जालमा पोखिन थालेका छन् त्यस्तै, विवादमा तानिएपछि अनुराधा कोइरालाका छोरा मनिष कोइरालाले आफ्नी आमा वंशजको आधारमा नेपाली नागरिक भएको बताएका छन् । मनिषले आफ्नाी आमाको जन्मथलो ओखलढुंगाको रुम्जाटार–३ भएको बताए मनिषका अनुसार, आमाको पुरानो नागरिकतामा गुरुङ थर नै रहेको र पछि प्रतिलिपि निकाल्दा पिता निदेशप्रसाद कोइरालाको थर प्रयोग गरिएको बताए साथै मनिषले आफ्नी आमालाई अंगीकृत नागरिक भएको प्रचारप्रसार गरेकोमा चित्त दुखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?