छोराद्वारा आफ्नै आमाबुवाको हत्या, सोधपुछबाट थाहा भयो हत्याको कारण

काठमाडौं। रुपन्देहीमा धारीलो हतियार प्रयोग गरी छोराले आफ्नै आमाबुबाको हत्या गरेका छन् ।

रुपन्देहीको ओमसतियामा गाउँपालिका–४ का गोरखबहादुर यादवले आफ्नै बुबा ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा यादवको मानसिक सन्तुलन ठीक नभएको पाइएको प्रहरीले जनाएको छ । छोरा गोरखबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले रामनारायणको घटनास्थलमै मृत्यु भएको र थगनाको युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु जनाएको छ। यादवलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?