अवैध लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ

काठमाडौं । झापाको बिर्तामोडबाट अबैध लागुऔषध ब्राउनसुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिवार साँझ ७ बजे ईलाका प्रहरी कार्यालय अनारमनिबाट गस्तीमा खटिएको प्रहरी टोलीले १ युवतीसहित ३ जनालाई १२ ग्राम ७ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा बिर्तामोड बस्ने २१ बर्षीय राजकुमार राजवंशी, ईलाम घर भएका १९ बर्षीय समिर महत र काठमाण्डौ सिनामंगलकी १८ बर्षीया पुजा शंकर रहेकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?