पाँचथरका सिगुले जिते एनसेलबाट २ लाख पुरस्कार

काठमाडौं । एनसेलले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्तामा दुइ लाख नगद पुरस्कार वितरण गरेको छ । उक्त योजना अन्तर्गत पुरस्कार पाँचथरका चित्र कुमार सिगुलाई हस्तान्तरण गरिएको हो । बिहीबार एक कार्यक्रमका बीच २ लाख नगद सिगुलाइ दिइएको हो ।

एनसेलले ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १ गतेदेखि संचालन गरेको थियो । यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख नगद र प्रत्येक महिना १० लाख नगद जित्ने मौका पाउँने व्यबस्था गरेको छ ।

एनसेलका अन्य पाँच विजेताहरुमध्ये योजनाको पहिलो हप्तामा पुरस्कार जित्ने पहिलो विजेता सिगु हुन। बिहीबार एक कार्यक्रमकाबिच सिगुलाई एनसेल सेन्टर कुमारीपाटीबाट २ लाख नगद पुरस्कार शस्तातरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?