स्कूल जान गाडि चढेकी १० वर्षीय बालिका चालकबाट बलात्कृत

काठमाडौं। गुल्मीमा स्कूल जान गाडि चढेकी १० वर्षीय बालिका चालकबाट बलात्कृत भएकी छिन् ।

बिहीबार विहान दाजुसंग विद्यालय जान गाडि चढेकी बालिकाको चालकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

चालकले दाजुलाई छोडेर बालिकालाई अन्यत्र लगेका थिए । बालिकालाई चालकले अन्यत्रलगेपछि दाजुले घरमा खबर गरेको थिए ।

बलाकृत भएकी बालिकालाई चालकले ३० रुपैयाँ दिएर फकाएको पाइएको डीएसपी मिनबहादुर घलेले बताउनुभयो ।

प्रहरीले बालिकाका बलात्कार गर्ने रुरु क्षेत्र गाउँपालिका–३ लोलङखोलाका ४१ वर्षीय भोजबहादुर सार्कीलाई पक्राउ गरिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?