१३ असार २०७९, सोमवार

काठमाडौं जिल्लाका १५२ उम्मेदवारले चुनावी खर्च विवरण बुझाए

२०७४,माघ,३,बुधबार १६:२२

0
Shares

काठमाडौं, ३ माघ । काठमाडौँ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका १५२ उम्मेदवारले खर्च विवरण बुझाएका छन् प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका ३९३ उम्मेदवारमध्ये १२ जनाले खर्च विवरण बुझाएको क्षेत्रीय निर्वाचन कार्यालयका क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी दिए उनका अनुसार, प्रतिनिधिसभातर्फ ६१ र प्रदेशसभातर्फ ९१ जनाले खर्च विवरण बुझाएका छन् । काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यतर्फ १७१ र प्रदेशसभा सदस्यतर्फ २२२ जनाले उम्मेदवारी दिएका थिए यही माघ २ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारलाई निर्वाचन खर्च बुझाउने समयसीमा तोकिएको थियो । निर्वाचन खर्च विवरण बुझाउनेले तोकिएको सीमामा नै खर्च विवरण बुझाएका छन् । प्रतिनिधिसभा सदस्यका लागि रु २५ लाख र प्रदेशसभा सदस्यका लागि रु १५ लाखसम्म खर्च गर्न पाउने व्यवस्था छ उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन–२०७४ को दफा ७२ को उपदफा (४) र प्रदेशसभा सदस्य निर्वाचन ऐन–२०७४ को दफा ७२ को उपदफा (४) अनुसार निर्वाचनमा भएको खर्च विवरण निर्वाचनको परिमाण घोषणा भएको ३५ दिनभित्र बुझाउनुपर्ने व्यवस्था छ खर्च विवरण नबुझाउने उम्मेदवारलाई छ वर्षसम्म उम्मेदवार हुन नपाउने व्यवस्था छ । खर्च विवरण अधिकांश विजय हुने उम्मेदवारले बुझाएका छन् क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालका अनुसार काठमाडाँै क्षेत्र नं २ बाट विजय भएका नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले रु १४ लाख ९० हजार, क्षेत्र नं ५ बाट विजय भएका एमालेका महासचिव ईश्वर पोखरेलले रु २४ लाख १४ हजार ७८, क्षेत्र नं १ बाट विजय भएका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले रु १७ लाख ३० हजार ५००, क्षेत्र नं ४ बाट उम्मेदवार भएका काँग्रेसका युवा नेता गगन थापाले रु २४ लाख १३ हजार १०० खर्च विवरण बुझाएका छन् यसैगरी काठमाडौँ क्षेत्र नं ३ बाट विजय भएका कृष्ण राईले रु २२ लाख ५६ हजार र क्षेत्र नंं ९ बाट विजय भएका एमालेका नेता कृष्ण गोपाल श्रेष्ठ रु १२ लाख ७८ हजार खर्च विवरण बुझाएका छन् यसैगरी विवेकशील साझा पार्टीबाट काठमाडौँ क्षेत्र नं १ मा उम्मेदवार भएका रवीन्द्र मिश्रले रु १३ लाख ८९ हजार २१४ र काठमाडौँ क्षेत्र नंं ५ बाट उम्मेदवार भएका नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले रु १६ लाख ४१ हजार खर्च बिवरण बुझाएका छन् क्षेत्रीय निर्वाचन अधिकारी दाहालले निर्वाचन आयोगमा पनि निर्वाचन खर्च विवरण बुझाउने व्यवस्था भएपछि आयोगमा पनि बुझाएको बताए ।

प्रकाशित मिति: २०७४,माघ,३,बुधबार १६:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश अन्तर्गतका जिल्ला सभापतिहरूले यातायातका सवारीसाधनहरू वर्षको दुई पटक नवीकरण गर्नुपर्ने निर्णयप्रति आपत्ति जनाएका छन्

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेकी सांसद नविना लामाले हैजा रोग न्यूनिकरणको लागि सरकार गम्भीर बन्नुपर्ने बताएकी छिन् । सोमबार शिक्षा तथा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुको व्यवहार र आचरणमा समाजवाद नआइकन देशमा समाजवाद नआउने बताएका छन् ।

ताजा समाचार

स्कारपियो ठक्करबाट एक जनाको मृत्यु
 २०७९,असार,१३,सोमवार १७:११