फोहोरमैलाको उचित व्यवस्थापनका लागि प्रविधिसँग जोडिनुपर्छ : मन्त्री मानन्धर

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले फोहोरमैलाको उचित व्यवस्थापनका लागि प्रविधिसँग जोडिनुपर्ने बताउनुभएको छ ।

फोहोरमैला व्यवस्थापन सम्बन्धि राष्ट्रिय सम्मेलनमा बोल्दै राज्यमन्त्री मानन्धरले यस्तो बताउनुभएको हो । प्रविधिसँग जोडिन नसकेका कारण अहिलेको अवस्था आएको भन्दै उहाँले प्रविधि किन नल्याउने भन्दै प्रश्न समेत गर्नुभयो । प्रविधि भित्र्याउँदा कसैलाई घाटा नहुने उहाँले बताउनुभयो ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केदार न्यौपानेले फोहोर सिसडोल पु-याउनु भन्दा पहिले नै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने बताउनुभयो । देशमा हरेक वर्ष रासायनिक मल आयातमा ठूलो रकम बाहिर गएको उल्लेख गर्दै उहाँले कुहिने फोहोरलाई मल बनाउएर प्रयोग गर्न सकिने बताउनुभयो ।

फोहोरमैला व्यवस्थापन सम्बन्धि राष्ट्रिय सम्मेलनका संयोजक गणेश शाहले शहरको विकास भइरहेकै गतिमा फोहोर पनि बढिरहेको बताउनुभयो । देश संघीय संरचनामा गएपछि फोहोर व्यवस्थान कसको जिम्मा हुने भन्ने नै स्पष्ट नभएको उहाँले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?