काठमाडौं । हेटौंडाकी तेस्रो लिङ्गी सानु थिङले आफ्नो पहिचानसहितको नागरिकता प्राप्त गर्नुभएको छ । हेटौंडा १२ पदम पोखरीकी सानु थिङले ३१ वर्षको उमेरमा आफ्नो पहिचानसहितको नागरिकता प्राप्त गर्नुभएको हो ।
मकवानपुरमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायअन्तर्गतको सानुले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो । हेटौंडा १२ का वडाअध्यक्ष ललित घलानको सिफारिस एवं हेटौंडा ४ का वडाध्यक्ष नविन सिग्देलसहित स्थानीयलाई साक्षी राखी जिल्ला प्रशासन कार्यालय मकवानपुरले थिङको लिङ्ग ‘अन्य’ उल्लेख गरी नागरिकता प्रदान गरीएको हो ।
बुबा सूर्यबहादुर थिङ र आमा मंगलमाया थिङको वंशजको आधारमा सानुलाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। लिङ्गको आधारमा पुरुष वा महिलालाई मात्र नागरिकता प्रदान गर्दै आइएकोमा यौनिक तथा लैंगिक अल्पसंख्यकको हक संविधानमै उल्लेख भएबमोजिम थिङको लिङ्ग ‘अन्य’ उल्लेख गरेर नागरिकता प्रदान गरीएको प्रशासनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया