घट्न थाल्यो सुनको मुल्य, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा गिरावट आएको छ । विहीबार प्रतितोला छापावाला सुनको मुल्य ७२ हजार रहेको थियो । तर आज तोलामा ३ सयले कमि भइ प्रतितोला सुन ७१ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ । साथै आज तेजावी सुनको मुल्य ७१ हजार ४ सय रहेको छ ।

तर आज चाँदीको मुल्यमा भने कुनै परिवर्तन आएको छैन। विहीबार प्रतितोला चाँदीको मुल्यमा ८ सय ५० रहेको थियो । साथै आजपनि त्यहि मुल्य कायम भइ कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?