सवारी दुर्घटना: ५ जनाको मृत्यु

काठमाडौं । फरक फरक ठाँउमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएकाे छ । बिहीबार पाल्पाको तिनाउ गाउँपालिका-५ चौविसमाईलस्थित सडकमा बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ ज ४२०९ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेर बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा चालक रैनादेवी छहरा गाउँपालिका-५ बस्ने २६ वर्षीय दिलिप बम्रेल र सह-चालक रैनादेवी छहरा गाउँपालिका-४ बस्ने २५ वर्षीय कृष्ण कार्की रहेका छन् ।

यसैगरी नबलपरासी(पूर्व) को हुप्सेकोट गाउँपालिका(५ पाङरेस्थित सडकमा ना.२८ प २२६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीय बुद्ध बहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बुलिनटार गाउँपालिका-६ बस्ने ५२ वर्षीय रामजी श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल डण्डा पठाइएको छ ।

सर्लाहीको मलगंवा नगरपालिका-११ गम्हरियास्थित सडकमा पनि ना-४३ प ५६९१ नम्बरको मोटरसाइकलले बिहीबार दिउँसो ठक्कर दिँदा पैदलयात्री गणेशिया बस्ने ६० वर्षीय धरीक्षण रामको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल मलंगवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

धनुषा, मिथिला नगरपालिका-२ जनकपुर ढल्केवरस्थित सडकमा ज-१ त ५८८६ नम्बरको ट्याक्टरले बिहीबार बिहान ठक्कर दिँदा पैदलयात्री महोत्तरीका २७ वर्षीया संगिता ठाकुरको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालक हाल फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?