ताप्लेजुङको एक होटलमा युवक मृत फेला

काठमाडौं । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित एक होटलमा एक युवक मृत फेला परेका छन् । वसपार्क नजिकै रहेको तागेरा होटलमा पथरीशनिश्चरे–९, मोरङ बस्ने ३६ बर्षिय अशोक भनिने भीमकुमार मादेन मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी, प्रहरी निरिक्षक बिष्णुबहादुर खड्काका अनुसार घुमघामको लागि ताप्लेजुङ आएका मादेन मृत भेटिएका हुन् । महिला आफन्त सहित होटलमा रुम बुक गरेर बसेका मादेनको मृत्युबारे ती महिला आफन्त र होटलवालाले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले मृतक मादेनको साथबाट मुटु रोगको औषधि बरामद गरेको छ । मादेनका बाबुले उनी उच्च रक्तचाप र मुटुका बिरामी रहेको जानकारी गराएको प्रहरीले जनाएको छ ।

सोही रोगका कारण उनको मृत्यु हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?