साम्बाको हृयाट्रिकसँगै नेपालको सहज जित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा साम्बा’को हृयाट्रिकसँगै नेपालले माल्दिभ्सलाई पराजित गरेको छ ।

बिहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो । पोखरा रंगशालामा भएको खेलमा नेपालले १६ औं मिनेटमा सावित्राको गोलबाट अग्रता लिएको थियो । खेलको २० औं मिनेटमा सावित्राले नै नेपालको अग्रता दोब्बर पारिन् ।

खेलको इन्जुरी टाइममा सावित्रालाई डिबक्सभित्र लडाएपछि सावित्राले पेनाल्टीको सदुपयोग गर्दे जसमा उनैले गोल गर्दै हृयाट्रिक पूरा गरिन् ।

यस अधि लोकपथमा प्रकाशित भएको साम्बाको कथा पढ्नुभएको थियो ?

साम्बा यसरी बनिन् दक्षिण एसियाकी ‘बेष्ट स्ट्राईकर’ (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?