भोजपुरमा चिर्पट प्रहार गरी आफ्नै दाजुको हत्या

काठमाडौ । भोजपुरमा डिक बहादुर राईले आफ्नै दाजुको हत्या गरेका छन् ।

भोजपुरको अरुण गाउँपालिका–६ धाउखानीका १८ बर्षीय डिकबहादुर राईले आफ्नै दाजु ४० वर्षका सुवास राईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

मंसिर १६ गते मादक पदार्थ सेवन गरी दाजु भाई बीच सामान्य बिबाद हुँदा रिशको आवेगमा भाईले दाजुलाई चिर्पटले टाउकोमा प्रहार गर्दा घाईते भएका राईको उपचारको क्रममा बुधवार दिउँसो १ बजे मृत्यु भएको थियो ।

घटनाबारे जानकारी पाए लगत्तै प्रहरी चौकी जरायोटारबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न राईलाई नियन्त्रणमा लिएको थियो । राई माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?