कानूनी अड्चन फुकाएर नयाँ सरकारको गठनको बाटो खोल्नुपर्ने : नेता ज्ञवाली

काठमाडौँ, ३ माघ । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले कानूनी अड्चन फुकाएर सरकारले नयाँ सरकारको गठनको बाटो खोल्नुपर्ने बताएका छन् अनेरास्ववियुद्वारा आयोजित दुईदिने काठमाडौँ उपत्यकास्तरीय प्रशिक्षणलाई यहाँ सम्बोधन गर्दै उनले जनमतको कदर गर्नका लागि सरकारले कानूनी अड्चन फुकाउनुपर्ने बताएका हुन् “अन्य मुलुकमा सत्तासीन दल पराजित भइसकेपछि सरकार छाड्न हतारिन्छन्”, उनले भने, “तर हाम्रो देशमा सरकारको दल पराजित भइसके पनि सत्तालिप्सा भएर कुर्सीमा बसेका छन् । यहाँ निर्वाचनपछि जनमतको कदर भएको देखिँदैन ।”सचिव ज्ञवालीले सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न ढिलाइले राष्ट्रियसभाको निर्वाचनमा असर पर्ने बताउँदै चाँडै नै प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नुपर्ने बताए उनले वाम एकताका लागि बिथोल्न केही शक्ति अझै लागिपरेको भन्दै त्यो सफल नहुने धारणा राख्नुभयो । उनले एमाले अध्यक्ष केपी शर्मा ओली बैंककबाट आएपछि नेकपा (माओवादी केन्द्र)सँगको एकतालाई मूर्त रुप दिने बताए पार्टी एकताका लागि दुई पार्टीको व्यवस्थापनमा कुनै समस्या नभएको जिकिर उनको भनाइ थियो कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष नवीना लामाले वाम एकताले नेपाली कम्युनिष्ट विद्यार्थीको आन्दोलनलाई थप सहयोग पु¥याउने दाबी गरे कार्यक्रममा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सबै अनेरास्ववियु मातहतका कमिटीको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?