अनुहारको चमक गुम्न नदिन खानुहोस् यी फलफुल

एजेन्सी । मानिस बूढो हुनु प्राकृतिक प्रक्रिया हो । बढ्दो उमेरसंंगै छालाको तन्किने खुम्चने क्षमता (इलास्टीसीटी) गुम्नुका साथै छालाको चमक हराउन थाल्छ । यो हुन नदिन धेरैले कृतिम क्रिम तथा लोसनको प्रयोग गर्ने गर्छन् । तर यो भन्दा उत्तम तपाईंकै घरमा पाइने फलफूलनै हुन् सक्छ । के के हुन् ती फलफूलहरु :-१. सुन्तला :-सुन्तलामा प्रसस्त मात्रामा पौष्टिक तत्वहरु पाईन्छन् । त्यसमध्ये एक भिटामिन सी हो जुन कोलाजीन नामक छालाका रेसाहरु बनाउन चाहिन्छ । यति नभई सुन्तलाको रस र बोक्राले छालामा मालिस गर्नाले छालाको प्वालमा जम्मा भएका फोहर हटाई छाला स्वस्थ राख्दछ २. स्याउ :-छालामा चमक ल्याउन स्याउको एकदम ठूलो भूमिका हुन्छ । यसमा हुने करि र भिटामिन सी छालाको लागि फइदा जनक छन् । यति मात्र नभई स्याउमा प्रसस्त मात्रामा पाइने पोटासियम छालाको लागि जरुरी हुन्छ ३. मेवा :-मेवालाई पहिरनको फल पनि भनिन्छ । मेवामा प्रसस्त मात्रामा इन्जाइम र पौष्टिक तत्वहरु पाइन्छन् । यसले तपाईँको छालालाई भर्खरको र ताजा राख्छ । त्यसैगरी मेवाको कालो दानाहरु पिसेर लगाउनाले छालाको बिषादी र मरेका कोषहरु फाल्न मद्दत गर्छ ४. खर्बुजा :-खर्बुजामा प्रसस्तमात्रामा हुने पानीले शरीरलाई सदैव हाइड्रेटेड राख्न मद्दत गर्छ । यसमा हुने लाइकोपिन, भिटामिन सी र भिटामिन एले छाला बूढो हुनबाट जोगाउँछ । खर्बुजाको रस छालामा लगाउनाले छालामा जम्मा भएका फोहर सफा गर्न र छाला स्वस्थ राख्न मद्दत गर्छ ५. अनार :-आनारमा उच्च मात्रामा प्युनिसिक एसिड, एलाजिक एसिड र एन्टीअक्सीडेन्ट पाइन्छ । यसमा पाइने ओमेगा ३ फ्याक्टी एसिड ले छालाका कोष पुननिर्माण गर्न मद्दत गर्छ । त्यस्तै रातो रक्तकोषको मात्रा बढाई स्वस्थ रक्त प्रवाहको लागि पनि आवश्यक हुन्छ । अनार एक प्राकृतिक मोस्चराइजर भएकाले सुख्खा छालाका लागि पनि यो फाइदाजनक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?