काठमाडौं । पाल्पामा जीप दुर्घटना भएर मृत्यु हुँने दुई जनाकै सनाखत भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा जीपका चालक रैनादेवी छहरा गाउँपालिका ५ मुझुङ्गका २५ वर्षीय दिलिप वम्रेल र सहचालक सोही स्थानकै २४ वर्षीय कृष्ण कार्की रहेको पाल्पाका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताउनुभयो ।
बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप तिनाउँ गाउँपालिका–५ चौविसमाइलमा दुर्घटना भएको थियो ।
बुटवलमा बिरामी छोडर पाल्पा फर्किँदै गर्दा जीप दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस :
पाल्पामा जीप भीरबाट खस्यो, प्रत्यक्षदर्शी भन्छन्, ‘भीरमा २ वटा शव देखियो, गाडी टुक्रा–टुक्रा भयो’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया