काठमाडौं । नेपाल एयरलाइन्सले चीन उडानका लागि अनुमति पाएको छ ।
सरकारको कूटनीतिक पहल र नेपाल एयरलाइन्सले बुझाएका कागजातका आधारमा चीनले आफ्नो देशमा उडानका लागि अनुमति अनुमति दिएको जनाइएको छ ।
अब नेपाल एयरलाइन्सले बजार व्यवस्थापन, प्रचार–प्रसारका लागि आवश्यक समय राखेर निकट भविष्यमा उडानको मिति तोक्ने बताइएको छ ।
निगमले अहिले ८ वटा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । उक्त उडान प्रभावित नहुने गरी उडान तालिका बनाइने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया