भारतमा गाडीको मुल्य बृद्दि, नेपाली बजारमा पर्छ यस्तो असर

काठमाडौं । भारतीय गाडी उत्पादक बिभिन्न कम्पनीहरुले गाडीको मुल्य बढाउने भएका छन् । मारुती सुजुकीले गत हप्ता मात्र सन् २०२० बाट कारको मुल्य बढाउने घोषणा गरेको थियो । त्यस लगत्तै अन्य कम्पनीहरुले पनि मुल्य बढाउने घोषणा गरका छन् । त्यसै क्रममा टाटा मोटरले पनि मुल्य बढाउने घोषणा गरेको हो ।

आउँदो जनवारीदेखि गाडीको मुल्य बढाउने योजना बनाएको टाटा कम्पनीका अधिकारी मयंक पारीकले सञ्चार माध्ययमलाइ बताउनुभयो ।

केही समय यता भारतीय अर्थतन्त्रमा मन्दी देखिएको छ । त्यसको प्रत्यक्ष असर कार तथा अन्य गाडीको बिक्रिमा समेत कमि आइरहेको उत्पादक कम्पनीले जनाएका छन् । त्यस्तै टाटा मोटरको नोभेम्बर महिनामा मात्र २५.३२ प्रतिशतले विक्रिमा कमी आएको थियो । साथै भारतका अन्य उत्पादक कम्पनीहरु टोयोटा, महिन्द्रा एण्ड महिन्द्रा र मर्सिडीज वेञ्जले आउँदो जनवारीदेखि कारको मुल्य बढाउन लागेका छन् ।

त्यसको प्रत्यक्ष असर नेपाली बजार तथा उपभोक्तामा पर्ने देखिन्छ । किनकी नेपालका भित्रिने अधिकांस गाडीहरु भारतबाट नै आउने गरेको छ । सोही कारणले गर्दा भारतीय बजारमा गाडीको मुल्य बृद्धि सँगै नेपाली बजारमा पनि मुल्यमा बृद्दि हुने व्यबसायीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?