१३ वर्षपछि सिल्भर स्क्रिनमा फर्किइन् शिल्पा सेट्टी

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा सेट्टी १३ वर्षपछि सिल्भर स्क्रिन फर्किएकी छन् । उनी फिल्म ‘निकम्मे’ को छायांकनमा व्यस्त रहेकी
शिल्पा प्रियदर्शनको फिल्म ‘हंगामा–२’मा पनि अनुबन्धित भएकी हुन् ।

शिल्पा पहिलो पटक निर्देशक प्रियदर्शनको फिल्ममा काम गर्न लागेकी हुन् । फिल्ममा शिल्पा ग्ल्यामर भूमिकामा देखा पर्दै छिन ।

यो फिल्ममा उनी परेश रावलसँग देखिने छिन् । फिल्ममा यी दुई कलाकारसँगै मीजान जाफेरी र दक्षिण भारतीय अभिनेता प्रणिता सुभाषको पनि अभिनय रहनेछ ।
फिल्मको छायांकन ६ जनवरीबाट हुनेछ । चलचित्रमा भ्रम र कलाकारहरुविच तालमेल नमिल्दा थुपै हास्यास्पद अवस्थाहरु आउने भएको कारण फिल्म को नाम ‘हंगामा २’ राखेको बताइएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?