यस्तो छ सुन चाँदी बजारमा आजको अवस्था, हेर्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मुल्यमा केही गिरावट आएको छ । बुधबार प्रतितोला छापावाला सुनको मुल्य ७२ हजार २ सय रहेको थियो । तर आज तोलामा २ सयले कमि भइ प्रतितोला सुन ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य ७१ हजार ७ सय रहेको छ ।

त्यस्तै आज चाँदीको मुल्यमा पनि १५ रुपैयाँले गिरावट आएको छ । बुधबार प्रतितोला चाँदीको मुल्य ८ सय ६५ रहेकोमा आज मुल्यमा कमि आइ प्रतितोला चाँदी ८ सय ५० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?