एमाले माओवादी कार्य दल बैठक सूरु

काठमाडौँ, ३ माघ- राष्ट्रिय सभाको सिट बाँडफाँड टुंगो लगाउन एमाले–माओवादी केन्द्रद्धारा गठित कार्यदलको बैठक सुरु भएको छ एमाले केन्द्रिय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा दुई पार्टीबीच ७० र ३० प्रतिशतको अनुपातमा राष्ट्रिय सभाको सिट बाँडफाँड टुंगो लगाउने गरी छलफल सुरु गरिएको हो । प्रत्येक प्रदेशमा रहेको मत संख्याको आधारमा राष्ट्रिय सभाको सिट बाँडफाँड गर्ने विषयमा दुवै पार्टी सहमत रहेको बताइएको छ कार्यदलले तयार पारेको प्रस्ताव दुवै पार्टीका अध्यक्षसँग परामर्श गरेर अन्तिम टुंगो लगाउने तयारी भईरहेको कार्यदलको संयोजन गरिरहनु भएका एमाले नेता सुवाष नेम्वाङले जानकारी दिए । राष्ट्रिय सभाको ५६ सिट दुई दलबीच बाँडफाँड हुनेछ । त्यसपछि मात्रै प्रदेश सरकार र संसदको पनि पद बाँडफाँड टुंगो लगाउने तयारी छ । कार्यदलमा एमालेका नेम्वाङ, सुरेन्द्र पाण्डे र शंकर पोखरेल तथा माओवादी केन्द्रका रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?