काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । तराई मधेशका जिल्लाहरुमा हुस्सु लागेकाले चिसो महसुस भएको छ । बिहानपख पूर्व, मध्य र पश्चिम तराईका जिल्लाहरुमा हुस्सु कुहिरो लागेको जनाइएको छ ।

काठमाडौंको बिहीबार बिहानको तापक्रम ५.५ डिग्री सेल्सियस छ । बुधबारको तुलनामा बिहीबार शून्य दशमलव ३ डिग्री तापक्रम घटेको हो ।

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टासम्म शितलहरको सम्भावना छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?